बागलुङको भुस्कातमा ल्होसार पर्व मनाइँदै
भलिबलको उपाधि राशी १ लाख १० हजार र क्यारम बोर्डको राशी १५ हजार
पाेखरा | पुस ७, २०८२
फोटो: दिप्सन राना
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।
तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखोला गाउँपालिका–१ अमरभूमी भुस्कातका कोषाध्यक्ष गौरीमाया गुरुङले यही पुस १० देखि १५ गतेसम्म विविध कार्यक्रमको साथ ल्होसार पर्व मनाउन लागेको बताईन् ।
‘हामीले केही वर्षपछि भुस्कातमा ल्होसार पर्व मनाउन लागेको छौं, पुस १५ गते गुरुङ समुदायको मुख्य पर्व पनि हो,गुरुङले भनिन्, ‘यसवर्षदेखि हामीले गुरुङ समुदायको भाषा, कला र संस्कृति जगेर्ना गर्ने उद्धेश्यसहित विविध कार्यक्रमका साथ ल्होसार पर्व मनाउँदै छौं ।’
उनका अनुसार ल्होसार पर्वको अवसरमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला वडास्तरीय प्रौढ भलिबल प्रतियोगिता, सामुहिक लोकनृत्य प्रतियोगिता,झ्याउरे लोक गीत प्रदर्शन प्रतियोगिता, खुल्ला वडास्तरीय धनुषबाण प्रतियोगिता, महिला रस्साकस्सी प्रतियोगिता प्रतियोगिता,पञ्चेबाजामा आमा समूहको नृत्य प्रतियोगिता र क्यारम वोर्ड प्रतियोगिता आयोजना गरिएको छ ।

खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख १० हजार ५ सय र उपविजेताले ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सहभागी हुन एक समूहलाई ८ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तै खुल्ला वडास्तरीय प्रौढ भलिबल प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँसहित बोका र उपविजेताले १५ हजार रुपैयाँसहित बोका, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सहभागितालाई एक समूहलाई ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस प्रतियोगितामा ३२ वर्ष उमेर पूरा भएको खेलाडी मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
यस्तै सामुहिक लोक नृत्य र झ्याउरे लोक गीत प्रदर्शनका विजेताले समान २५/२५ हजार र उपविजेताले १५/१५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला वडास्तरीय धनुषवाण प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै महिला रस्साकस्सी प्रतियोगिता र पञ्चेबाजामा आमा समूहको नृत्य प्रतियोगिताको विजेताले समान १०/१० हजार र उपविजेताले समान ५/५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै क्यारम बोर्ड प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले ८ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
ल्होसार/ल्होछार केःहो ?
गुरुङ अर्थात् तमुहरुको नयाँ वर्ष ल्होसार/ल्होछार । गुरुङ भाषामा ल्हो भनेको वर्ग (वर्ष) र सार भन्नाले शुरुवात अर्थात आरम्भ भन्ने जनाउँछ । गुरुङ समुदायले प्रत्येक वर्ष पुस १५ गतेका दिन ल्होसार÷ल्होछार पर्व मनाउने गर्छन् । चक्रिय रुपमा विभिन्न १२ जना वटा जनावर र चराचुरुङ्गीको प्रतिक स्वरुप रहने गर्दछ । जसलाई गुरुङ भाषामा ल्हो (वर्ग) भन्ने गर्दछ । यस वर्ष अर्थात पुस १४ गतेसम्म सप्री ल्हो (सर्प वर्ग) छ भने, पुस १५ बाट त ल्हो (घोडा वर्ग) प्रारम्भ हुनेछ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

